‘मेरो इन्स्टाको फोटो’ गाउँदै सुमितले नचाए सिड्नीका दर्शकलाई !-(भिडियोसहित)


काठमाडौँ, २८ माघ । वर्ल्ड टुरअन्तर्गत चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल २’का प्रतियोगी यतिबेला अष्ट्रेलिया पुगेका छन् ।

अहिले नेपाल आइडलका टप ६ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक, अमित बराल र पवन गिरी अस्ट्रेलिया पुगेका हुन् ।

शुक्रबार नेपाली टचको आयोजनामा सिड्नीको टाउन हलस्थित लिभरपूल स्ट्रिट सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना भएको ‘लाइभ इन सिड्नी’मा नेपाल आइडलका टप ६ ले आफ्नो प्रस्तुति दिए ।

प्रस्तुतिको क्रममा नेपाल आइडलका सेकेन्ड रनरअप सुमित पाठकले अहिले चर्चामा रहेको गीत ‘मेरो इन्स्टाको फोटो’ गाए । गिटार बजाउँदै उनले गीत गाउदा दर्शकको राम्रो साथ पाएका थिए । हेर्नुस् सुमित पाठकको उक्त प्रस्तुति ।

प्रतिक्रिया दिनुहोस
Advertisement