बिहेमा आफूले भनेअनुसारको गीत नबजाएको भन्दै पाहुनामाथि खुकुरी प्रहार, तीन जना घाइते !


ताप्लेजुङ, २८ माघ । बिहेमा आँफूले भनेजस्तो गीत नबजाएको भन्दै स्थानीय युवाले अन्धाधुन्दा खुकुरी प्रहार गर्दा पाहुना आएका ३ जना घाइते भएका छन् ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ सिमल बोटमा गए राती साढे २ बजे स्थानीय दिल बहादुर तामाङको छोरीको बिवाहमा यस्तो घटना घटेको हो ।

बिवाहमा आफुहरुले भने जस्तो गीत नबजाएको बिषयमा विवाद हुँदा सोही स्थानका बर्ष २२ को बिश्व सेङदान, बर्ष १७ को सरोज सेङदान र बर्ष १९ को मिखे तामाङलगायत ४/ ५ जनाको समूहले आवेशमा आई खुकुरी प्रहार गर्दा पाहुना आएका फुङलिङ नगरपालिका-८ दोखुका ३८ बर्षीय कर्ण बहादुर सुनुवार, बर्ष ३० को पेम्बा शेर्पा र बर्ष ३२ को पासाङ शेर्पा घाइते भएका हुन् ।

खुकुरी प्रहारबाट शरिरको बिभिन्न भागमा चोट लागी घाईते भएका तीनै जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

हतियार प्रहार गर्ने समूह तत्काल फरार रहेकोले खोजीकार्य भईरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement