आगलागीबाट नख्खुको कार्पेट गोदाम खरानी बन्यो, क्षेतीको विवरण आउन बाँकी !


काठमाडाैं, २८ माघ । ललितपुरको नख्खुस्थित एक कार्पेट गोदाममा आगलागी भएको छ ।

गोदाममा सोमबार दिउँसो करिब १ बजे आगो लाग्न सुरु भएको हो । आगोले जलेर गाेदाम पूर्ण रुपमा नष्ट भएको छ ।

आगलागी नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल घटनास्थल पुगेका थिए ।

आगलागीको कारण थाहा नभएको र क्षतिबारे विवरण लिने कार्य भइरहेकाे ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement