संसदको लगानी रहेको सोरुम उद्घाटन गर्न प्रदेश १ का मुख्यमन्त्री राई हेलिकोप्टर चढेर पुगे ओखलढुंगा !


काठमाडौँ, २८ माघ । ठूला पदमा आशीन मन्त्री, सांसदहरु निजि कम्पनि उद्घाटन कार्यक्रमहरुमा कुद्ने गरेको धेरै उदाहरण छन् । यसकै निरन्तरतास्वरूप प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई पनि एक सोरुम उद्घाटन गर्न हेलिकोप्टर चढेर ओखलढुंगा पुगेका छन् ।

राई महिन्द्रा कम्पनीको सोरुम उद्घाटन गर्न हेलिकप्टर चढेर ओखलढुंगाको रुम्जाटार पुगेका हुन् ।

रुम्जाटार अटोमोवाइल्स प्रालिले सिद्धिचरण नगरपालिका वडा नम्बर ५ वर्णालुमा सञ्चालन गर्न लागेको सोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटार पुगेका हुन् ।

सांसद अम्बिरबाबु गुरुङसहित हेलिकोप्टरमा सोलुखुम्बुको पत्ताले पुगेका राईले हिमपात भएको क्षेत्र र महालंगुर हिमश्रृंखला अवलोकन समेत गरेका थिए ।

महेन्द्रा कम्पनीका प्रतिनिधि, सांसद गुरुङसहित उनी रुम्जाटार पुगेका थिए । उद्घाटन गरिएको सोरुमको मूख्य लगानी कर्ता सांसद गुरुङ सोयम रहेको बताइएको छ । उनैको खर्चमा मुख्यमन्त्री राई ओखलढुंगा पुगेको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement