लण्डन पुगे ‘सम्हालिन्छ कहिले मन’को टिम, क्यामेरा पुजा गरी सुरु गरे फिल्मको सुटिङ !


काठमाडौं, २८ माघ । ब्याक टु ब्याक हिट फिल्म दिइरहेका निर्देशक सुदर्शन थापाद्वारा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को सुटिङ लण्डनबाट सुरु गरिएको छ ।

सिनेमाका कलाकार र टिमले क्यामेरा पूजा गरेर सिनेमाको छायाँकन सुरू गरेका हुन् ।

सुटिङ लण्डनको साथमा स्कटल्याण्ड तथा वेल्सका विभिन्न स्थानमा ५० दिनसम्म हुनेछ फिल्म निर्माण टिमले जनाएको छ ।

सिनेमामा अभिनेत्री पूजा शर्माले डेव्यु अभिनेता सोनम तोप्देन र आकाश श्रेष्ठसँग रोमान्स गर्नेछिन् । उनीहरूका अलावा सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य आदिको सिनेमामा अभिनय रहनेछ ।

एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुने सिनेमाको बेलायत छायांकन पश्चात केही प्रतिशत छायांकन नेपालको मुस्ताङमा समेत गरिने छ ।

‘सम्हालिन्छ कहिले मनमा’ अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

सिनेमाको कथा महेश दवाडीले लेखेका हुन् भने यसको निर्माता अमित बस्नेत हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement