को बन्छ करोडपतिमा यी युवकले पहिलो पटक यति धेरै रकम जिते (भिडियो हेर्नुहोस)


काठमाडौँ, २८ माघ । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’ गत शनिबारदेखि सुरु भएको छ ।

एपीवान एचडीबाट प्रसारण हुने यो कार्यक्रमका संचालक नेपाली सिने जगतका महानायक राजेश हमाल रहेका छन् ।

यो हप्तादेखि भने कार्यक्रम प्रत्येक शनिबार, आइतबार र सोमबार ८:३० बजे प्रसारण हुनेछ । कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन रहेको छ ।

कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन् । यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन् । तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन् ।

यसैबीच कार्यक्रमको तेस्रो एपिसोड पनि सार्बजनिक भएको छ । यस एपिसोडमा पहिलो चोटि सबै भन्दा बढी रकम जित्ने प्रतियोगी आएका छन ।

हेर्नुहोस को बन्छ करोडपतिको तेश्रो इपिसोडको पुरा भिडियो :

प्रतिक्रिया दिनुहोस
Advertisement