बार्सिलोनाको शिर्ष स्थान गुम्ने खतरा !


एजेन्सी, २८ माघ । बार्सिलोनालाई आफ्नो घरेलु मैदानमा एथलेटिक बिल्बाओले गोलरहित बराबरीमा रोकेको छ ।

लगातार तेस्रो खेल बराबरी खेलेको बार्सिलोनाले यससँगै शीर्ष स्थानमा अग्रता बढाउने मौका पनि गुमाएको छ ।

बुधबार कोपा डेल रे अन्तर्गत रियल म्याड्रिडविरुद्ध १-१ को बराबरीमा बेन्चबाट मैदान छिरेका मेसी बिल्बाओविरुद्ध भने सुरुवाती रोजाइमा थिए । तर उनले अपेक्षित नतिजा निकाल्न भने सकेनन् ।

मिडफिल्डमा घाइते भएका आर्थरको कमीलाई अर्का मिडफिल्डर आर्टुरो भिडालले पूरा गर्न सकेनन् । दोस्रो हाफमा बार्सिलोनाले मौका पाएपनि सदुपयोग गर्न नसक्दा जित दर्ता गर्न सकेन । यससँगै बार्सिलोनालाई लयमा फर्किएको रियल म्याड्रिडले प्रत्यक्ष दबाब दिन सक्ने देखिएको छ ।

बार्सिलोनाको २३ खेलमा ५१ अंक छ । रियल म्याड्रिडले समान खेलमा ४५ अंक जोडेको छ भने एटलेटिकोको ४४ अंक रहेको छ । बार्सिलोनाले लिग अन्तर्गत आउने शनिबार घरेलु मैदानमा रियल भालाडोलीडको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement