लामो समय आफ्नो कम्पनिमा इमान्दारिताका साथ काम गरेको भन्दै कतारको एक प्रतिष्ठित कम्पनीले नेपाली कामदार शेर्पालाई दियो १५ हजार रियाल इनाम !


कतार, २८ माघ । कतारको एक प्रतिष्ठित कम्पनीमा इमान्दारीपूर्वक लामो समयसम्म काम गरे बापत एक नेपालीले १५ हजार रियल इनाम पाएका छन् ।

नासर अल अली इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीले आफ्नो नेपाली कामदार पासाङ शेर्पालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

आफ्नो कम्पनीमा लामो समयसम्म इमान्दारीपुर्वक काम गरेवापत् नगद रकम इनाम दिएको अलिले बताएका छन् ।

विगत १० वर्षदेखि सोही कम्पनीको कन्स्ट्रक्सन डिभिजनमा कारपेन्टर लिडरको काम गरिरहेका रामेछापका शेर्पाले आफुले नगद इनाम पाउदा अत्यन्त खुशी लागेको र अब सो रकमले आफना एक छोरा र छोरीको उज्जवल भविष्यको लागि उनीहरुको पढाइमा अझ लगानी गर्ने र केही वचत गरेर राख्ने बताए ।

अष्ट्रेलियामा पोष्ट ग्रयाजुयसन गरिरहेकी छोरी र काठमाडौंको एक राम्रो कलेजमा विविए अध्ययन गरिरहेका आफना छोराको भविष्य अझ राम्रो होस भन्ने आफनो चाहना रहेको बताउदै शेर्पाले छोराछोरी अव विस्तारै आत्मनिर्भर हुदै जान सकेकोमा आफुलाई खुशी लागेको बताए ।

कम्पनीको मालिक असाध्यै सहयोगी र राम्रो भएकोले सोही कम्पनीमा थापाले १० वर्ष विताइसकेका छन । स्काफोल्डिङमा समेत दख्खल भईसकेका शेपाले सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमले आफना दुई बालवच्चाको पढाइ साथै श्रीमतिको लागि खर्चपानी जुटाएको मात्र होइन गाउमै नया घरजग्गा समेत जोडी सकेकाछन् ।

कम्पनीको मालिक अत्यन्त सहयोगी र सहृदयी भएको कारणले नै आफनो आर्थिक भविष्यमा यसरी सुधार हुन सकेको बताउदै नासर अल अलि इन्टरप्राइसेस र कम्पनी मालिकप्रति आभार व्यक्त गरे ।

नासर अलअलि इन्टरप्राइसेस जस्तो राम्रो कम्पनी र यस कम्पनीको मालिक जस्तो सहृदयी मालिक अनि आफुले इमान्दारीपुर्वक कम्पनीको लागि काम गरेको कारणले नै यो नगद रकम इनाम पाएको बताउदै कम्पनीले एक न एकदिन इमान्दारिताको उच्च मुल्यांकन गर्नेरहेछ भन्ने आफुलाई पुर्ण विश्वास लागेको बताए ।

सोही कम्पनीका मालिकले आफनो कम्पनीमा काम गर्ने सवै कामदारहरुको छोराछोरीहरुको पढाई खर्च दिने गरेका छन् । उनले २०७२ को आमविनासकारी महाभुकम्पले भत्काएको आफना नेपाली कामदारहरुको घर बनाउन डेढ करोड रुपयाभन्दा बढी रकम सहयोग दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement