डाक्टरको घरमा ट्वाइलेट जाम भएपछि जब ट्वाइलेटको पाइप खोलियो सबैको होस उड्यो


एजेन्सी । एक डाक्टरको घरको शौचालयको पाइप जाम भएपछि उनले जाम खोल्नको लागि प्लम्बर बोलाए । प्लम्बरले जब घरमा आएर जाम खोल्नको लागि पाइप खोले त्यहाँ भएका सबै आत्तिएर चिच्याए । पाइपभित्र एक बालिकाको शव भेटिएको छ ।

भारतको केरलमा यस्तो घटना भएको हो । भेटिएकी बालिका जन्मिएको मात्रै २ दिन भएको बताइएको छ । शौचालय जाम भएर पानी जम्मा हुन थालेपछि ती डाक्टरले प्लम्बर बोलाएका थिए । सफाइका क्रममा शौचालयको कमोडभित्र एक बालिकाको टाउको देखियो । त्यसपछि तत्काल प्रहरीलाई खबर गरियो । प्रहरीले शव पोष्टमार्टमका लागि पठाएको छ ।

डाक्टर अब्दुल रहमान र उनकी पत्नीले घरमै क्लिनिक चलाउने गरेका थिए । प्रहरीले डाक्टरकहाँ आउने कुनै महिलाले शिशु जन्माएर शौचालयमा फ्लश गरेको हुन सक्ने अनुमान गरेको छ । अहिले घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले डाक्रसँग पनि त्यो अवधिमा आएका बिरामीको बारेमा सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement