तपाइंको पनि कुहिना र घुँडामा कालो दाग जस्तो छ ? यसरी हटाउनुस्


काठमाडौं । अरु भागको तुलनामा हाम्रो शरीरको कुहिना र घुँडाको छाला निकै कालो हुन्छ । यो कालो हटाउन धेरै खर्च पनि गर्छन मानिसहरु तर यस्तो कालो धब्बा हटाउन घर मै बसीबसी सकिन्छ ।

यसका लागि सुन्तलाको बोक्रा नै काफी हुन्छ । सुन्तलाको बोक्राको पाउडर यस्तो कालो दाग हटाउन उपयुक्त हुन्छ । सबै भन्दा पहिले सुन्तलालाई राम्रोसँग सुकाएर कुटेर यसको पाउडर बनाउनुहोस् । सुन्तलाको बोक्राको पाउडर बनाउन तपाईलाई झन्झट लाग्छ भने पनि चिन्ता नगर्नुहोस् यो बजारमा रेडिमेड नै किन्न पनि पाइन्छ । यस उपचार विधीको प्रयोग हप्तामा २ देखि ३ पटक गर्नुहोस् । केहि समयपछि तपाईले फरक पाउनुहुन्छ ।

उपचार विधी – सुन्तलाको बोक्राको पाउडरमा रोजवाटर मिसाएर प्याक तयार पार्नुहोस् । कालो कुहिनोमा प्याक लगाएर छोडिदिनुहोस् । २० मिनेटपछि हल्का–हल्का गर्दै माडेर सफा गर्नुहोस् । कालो छाला हल्का खैरो टोनमा आउँछ । अन्तमा ह्वाइटनिङ मोस्चराइजर लगाइदिनुहोस्, कालोपन निकै कम देखिन्छ ।

– कागती काटेर आधा टुक्रा कुइनो वा घुडामा समान्य रुपमा घसेर प्रयोग गर्न सक्नु हुन्छ ।

– कागतीको रसमा चिनी हाल्ने र विस्तारै कुहिनो र घुँडामा लगाउने केही छिन त्यत्तिकै छाड्ने । जव यो सुख्खा हुन्छ मनतातो पानीले यो धुने गर्नुपर्छ ।

– नौनी र बेसारको धुलो मिसाउनुस । त्यसबाट बनेको लेप कुहिना र घुँडामा राम्ररी लगाउनुस् । यो लेप लगाएर केही बेर छाडन पनि सक्नुहुन्छ । केही क्षणपछि मनतातो पानीले धुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement