अनेक नामबाट फेसबुक खोल्दै केटासँग लाखौं पैसा असुल्ने यी युवतीको कर्तुत यसरी भयो पर्दाफाँस !


एजेन्सी, २७ माघ । पछिल्लो समय ठगि धन्दा गर्नलाई फेसबुक सजिलो माध्यम बनेको छ । एउटै व्यक्तिले विभिन्न नाममा धेरै वटा फेसबुक एकाउन्ट खोल्यो र सुरु गर्यो आफ्नो धन्दा । यसकै एउटा ज्वलन्त उदाहरणको रुपमा भर्खरै भारतमा घटेको घटनालाई लिन सकिन्छ ।

पायल नाम गरेकी एक युवतीले विभिन्न नाममा फेसबुक एकाउन्ट खोलेर युवाहरुलाई फसाएको घटना सार्बजनिक भएको छ ।

एक युवकलाई उनले बलात्कारको अभियोगमा फसाउने धम्की दिँदै ३० लाख रुपैयाँ मागेपछि बिस्तारै उनको कर्तुत बाहिरिएको हो । प्रहरीले ती युवतीलाई पक्राउ गरी सोधपुछका क्रममा ती युवतीले फरक फरक नामबाट फेसबुक आइडी बनाउँछिन् र युवकहरुलाई फ्रेण्ड रिक्वेस्ट पठाएर मित्रता गर्छिन् । मेलमिलाप बढेपछि ती युवकलाई ब्ल्याकमेल गरेर लाखौं रुपैयाँ असुल्छिन् । तर, अहिले यस्तै गर्दा उनी प्रहरीको फन्दामा परिन् ।

प्रहरीले ती युवतीकी आमासहित अन्य २ जनालाई पक्राउ गरेको छ । पुलिसले ती युवतीले अन्य कैयौं युवकलाई फसाएको आशंकामा अनुसन्धान गरिरहेको छ । युवतीको वास्तविक नाम पापिया भएको बताइएको छ । उनी आफूलाई पायल नाम बताएर चिनाउँथिन् । त्यसपछि उनले फेसबुकमा अञ्जली र इशा नामबाट पनि आइडी बनाएकी थिइन् । उनले यी आइडीबाट युवकलाई फ्रेण्ड रिक्वेस्ट पठाउँथिन् । मित्रता गहिरिएपछि तिनै युवकहरुलाई ब्ल्याकमेल गरिन्थ्यो । आरोपी युवतीको स्थायी ठेगाना भारत त्रिरा भएको बताइएको छ । उनको विवाह कोलकातामा भएको थियो ।

४ वर्ष पहिले उनका पतिको मृत्यु भइसकेको थियो । केही समय युवतीले गुढागौडजी गएर एक जागिर पनि गरिन् । उनका दुई बच्चा पनि भएको बताइएको छ । प्रहरीले पक्राउ गरेका मध्ये उनकी आमा पीडितलाई धम्क्याउने काम गर्थिन् । उनले बलात्कार अभियोगमा फसाउने धम्की दिँदै गुढागौडजीका एक युवकसँग ३० लाख मागेकी थिइन् । ती युवकले पुलिसलाई खबर गरेर २ लाख रुपैयाँ युवतीलाई दिए । पुलिसले तत्काल उनलाई पक्राउ गर्यो । ती युवकसँग ३० लाख मागिएकोमा पछि बार्गेनिङ हुँदै जाँदा १३ लाखमा सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement