प्रशिक्षक टमाटाले ग बर्गको खेलाडी सरह आफुलाई पनि मासिक १५ हजारका दरले आइसीसीले पठाएको तलब नलिने !


काठमाडौं, २७ माघ । ‘ग’ बर्गका खेलाडीसरह राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटालाई पठाइएको तलव टमाटाले लिन अस्वीकार गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले शनिवार पठाएको दुई वर्षको तलब टमाटाले लिन अस्वीकार गरेका हुन् ।

खेलाडीहरूको वर्गीकरणका बेला तीन वर्षअघि नेपाल क्रिकेट संघ क्यान र प्रशिक्षक टमाटाबीच तलबबारे सम्झौता हुन लागेको थियो ।

प्रशिक्षक टमाटाका अनुसार मासिक ५० देखि ७० हजार रुपैयाँमा सम्झौता हुन लागेकै बेला क्यान भङ्ग भएको थियो । उनले भने, ” मौखिक कुराकानी भइरहेकै बेला क्यान निलम्बनमा पर्‍यो । जसका कारण मैले तलब सम्झौतामा हस्ताक्षर गरेको छैन । ”

अहिले आइसीसीले उनलाई ग वर्गका खेलाडीहरूलाई दिने पारिश्रमि सो सरह मासिक १५ हजारको दरले तलब पठाइदिएको बताइएको छ ।

खेलाडीबाहेक क्यानका व्यवस्थापक तथा प्राविधिक विश्लेषक रमण शिवाकोटीले पनि मासिक १५ हजार रुपैयाँको दरले दुई वर्षको तलब पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement