सरुवा भएर आएकी शिक्षिकाले स्कुलको भित्तामा किन गरिन् हाजिर ? कारण थाहा पाएपछि तपाइँ अवाक् बन्नुहुनेछ !


काठमाडौं, २७ माघ । भारतको मध्यप्रदेशको एक सरकारी बिद्यालयमा एउटा रोचक घटना घटेको छ । जसलाई सुनिसकेपछि तपाइँ पनि आजित पक्कै हुनुहुनेछ ।

मध्यप्रदेशको अशोकनगर जिल्लामा अवस्थित शासकीय उच्चतर माविमा दिउँसो १ बजेसम्म विद्यालयका शिक्षकहरु हाजिर नगरी बसे । हाजिरी रजिष्टर दराजमा बन्द गरेर ताला लगाएर प्राचार्य विद्यालय आइनन् । प्राचार्य सुमन यादवले कसैलाई आफू नआउने सूचना पनि दिएकी थिइनन् । शिक्षकले गुनासो गरेपछि जिल्लाका सब डिभिजनल मजिस्ट्रेट नीलेश शर्मा विद्यालयमा पुगे । एसडिएमले एक शिक्षकको फोनबाट प्राचार्यलाई फोन गरेर स्कुल नआउनुको कारण सोध्दा प्राचार्यले गल्ती मान्नुको सट्टा उल्टै एसडिएमलाई स्कुल निरीक्षण गर्ने अधिकार जिल्ला शिक्षा अधिकारीलाई भएको एसडिएमलाई नभएको भन्दै उल्टै थर्काइन् । प्राचार्यको ठाडो जवाफबाट रिसाएका एसडिएमले तत्काल जिल्ला शिक्षा अधिकारीलाई बोलाए र प्राचार्यलाई निलम्बन गर्न निर्देशन दिए ।

जब प्राचार्यले रजिष्टर दराजमा ताला लगाएर स्कुल नआउनुको कारण खोजियो त्यसपछि झनै रोचक कहानी खुल्यो ।

शनिबार विद्यालयमा हालै सरुवा भएकी शिक्षिका सीमा शर्माले कार्यभार सम्हाल्नुपर्ने थियो । सीमा शर्मा बरिष्ठताको आधारमा स्कुलकी अहिलेकी प्राचार्य सुमन यादव भन्दा बरिष्ठ थिइन् । जसका कारण स्कुलमा हाजिर गरेपछि नै बरिष्ठताको आधारमा उनी स्वतः प्राचार्य हुन्थिन् ।

यही कारण शिक्षिका शर्माले हाजिर गर्न नसकुन् भनी यादवले रजिष्टर लुकाएर भागेकी थिइन् । रजिष्टर नपाएपछि सरुवा भएर आएकी शिक्षिका सीमा शर्माले स्कुलको अफिसको भित्तामा हाजिर गरिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement