नेकपालाई दिपक राज गिरिको चोटिलो प्रहार ! (स्टेटस सहित)


काठमाडौँ, २७ माघ । पछिल्लो समय समसामयिक घटनाक्रमका बारेमा ब्यांगे प्रहार गर्दै आएका हास्यकलाकार तथा चलचित्र निर्माता दिपकराज गिरिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई पनि ब्यांगे हानेका छन् ।

उनले आफ्नो सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै नेकपालाई ब्यांगे गरेका हुन् ।

अर्को माओबादी जन्मन्छ भन्ने प्रचण्डको अभिव्यक्ति र कांग्रेस पनि फेरी सशक्त भएर आउने विषयलाई व्यङ्ग्य गर्दै गिरिले फेसबुक लेख्छन्, ”कॉंग्रेस भन्छ हामि फेरी आउंछौ, प्रचण्ड भन्छन् माओबादी फेरी जन्मन्छ …भनेपछि एमाले पनि फेरी जन्मिन्छ कि क्या हो ..?”

उनको यस स्ट्याटसले नेकपा भित्र हुन सक्ने सम्भावित टुटलाई सठीक व्यङ्ग्य हानेको छ । तात्काली नेकपा एमाले र मावोबादी केन्द्र मिलेर बनेको बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एकीकरण प्रक्रिया टुंगिनसकेको अवस्थालाई गिरिले एमाले फेरी जन्मिन्छ कि ? भन्दै व्यङ्ग्य गरेका हुन् ।

उनको स्टाटस जस्ताको त्यस्तै तल हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
Advertisement