आगामी मंगलबारसम्म यस्तो हुनेछ मौसम !


काठमाडौँ, २७ माघ । आइतबारदेखि बिस्तारै खुलेको मौसम पहाडी भू–भागमा भने आंशिक बदली रहेको छ ।

पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गत साताको वर्षा र हिमपातपछि मौसम सफा हुँदै गएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । सोमबार र मङ्गलबार भने पश्चिमी क्षेत्रमा मौसममा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले गरेको तीन दिनको मौसम सम्बन्धि भविष्यवाणी तल हेर्नुहोस् ।

जारी मिति : माघ २७ गते (आईतवार) बिहान ६:०० बजे

माघ २७ गते (आइतवार)

दिउँसो : देशको पश्चिमी भु-भाग लगायत मध्य र पूर्वी पहाडि भू-भागमा आंशिक बदलि रहनेछ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी पहाडी भेगका १-२ स्थानहरुमा हल्का वर्षा र पश्चिमी हिमाली भेगका १-२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशको पश्चिमि र मध्य भेगमा आंशिक बदलि रहनेछ भने पूर्वी भेगमा मौसम सामान्यतया सफा रहनेछ। देशको पश्चिमी र मध्य हिमाली भेगका १-२ स्थानहरुमा हल्का हिमपातको संम्भावना रहेको छ।
माघ २८ गते (सोमवार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदलि भई १-२ स्थानमा हल्का वर्षा/हिमपात हुने संभावना छ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदलि रहनेछ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ २९ गते (मंगलवार)

दिउँसो : देशको पश्चिमी भु-भाग लगायत मध्य र पूर्वी पहाडि भू-भागमा आंशिक बदलि रहनेछ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पश्चिमि भु-भाग लगायत मध्य पहाडी भू-भागमा आंशिक बदलि रहनेछ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement