बैंकको लोन म्यानेजरले कार किन्ने ऋण दिन अस्विकार गरेपछि यी २५ वर्षीय युवतीले गरिन यस्तो हर्कद, उनको हर्कदको हेर्नै नसकिने भिडियो इन्टरनेटमा भाइरल हुदै (भिडियो)


एजेन्सी । क्यासको अभाव हुदा जो कोहिले बैंकबाट ऋण लिने गर्दछन । तर ऋण लिनको लागि कि त राम्रो जागिर हुनु पर्दछ कि त बिजिनेस । अन्यथा बैंकले सजिलै ऋण दिन मान्दैन ।

यस्तै ऋणको विषयमा एक घटना रसियाबाट आएको छ । रसियाको काजानस्थित एक बैंकमा कार किन्नको लागि ऋण लिन पुगेकी एक २५ वर्षीय युवतीलाई बैंकको न्युनतम मापदण्ड नपुगेको कारण ऋण दिन अस्विकार गर्छ । लोन म्यानेजरले सबै कागज हेरेपछि ऋण दिन नमिल्ने बताउछ । त्यो सुनेपछि ति २५ वर्षीय युवती जसको नाम युलिया कुजमिना हो उनले अचम्मको जुक्ति लगाउछिन । लोन म्यानेजरले जत्ति अस्विकार गर्छन उनले त्यत्ति नै कपडा खोल्दै जान्छिन ।

यति सम्म कि उनले अन्तमा रहेको ब्रा पनि खोलेर पुरै नग्न बन्छिन । तर पनि टाउको हल्लाउदै लोन म्यानेजरले ऋण दिन नसकिने दोहोराई रहन्छन । अति भएपछी ति लोन म्यानेजर उठेर आउछन र ति युवतीको खोलिएको कपडा उठाएर लगाउन भन्छन ।

डेली मेलका अनुसार उक्त भिडियो जब अनलाइनमा भाइरल भयो तब ति युवतीले पत्रकारलाई भनेकी छिन – ‘म निकै समस्यामा छु । जसले मेरो आलोचना गरिरहेका छन् उनीहरुलाई मेरो ठाउँमा बसेर सोचिदिन आग्रह गर्छु ।’

केही स्रोतले युलिया स्ट्रिपरको काम गर्ने दाबी गरेका छन् तर यसबारे पुष्टि हुन बाँकी छ । एउटा कुरा पक्का छ कि उनले ऋण भने पाइनन् ।

कागजी प्रमाण नपुगेपछी आफ्नो जवानी सुम्पेर ऋण लिने सोचेकी युवतीको कोशिस ब्यर्थ भएपछी धेरैलाई उनलाई गिज्याएका छन । पैसाको कारोबार जस्तो कुरा त्यो पनि बैंकले बिना आधार कसैलाई ऋण दिदैन त्यो बुझ्न जरुरि रहेको सबैले युलियालाई सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुहोस
Advertisement