युएईबाट बिग बास लिग खेल्न अस्ट्रेलिया पुगेका सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएर आफ्नो टिम मेलवर्न स्टार्सलाई सेमिफाइनलमा पुर्याए (भिडियो)


काठमाडौँ । युएईमा भएको एक दिवसीय र टी-२० सेरिज खेलेर अस्ट्रेलिया पुगेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले त्यहाँ पनि उत्कृष्ट बलिङ गर्दै आफ्नो टिम मेलवर्न स्टार्सलाई सेमिफाइनल पुर्याएका छन ।

अस्ट्रेलियामा जारी बिग बास लिगमा सन्दिप मेलवर्न स्तार्समा आवद्द् छन । आइतबार भएको लिग चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गर्दै मेलवर्न स्टार्सले प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

सन्दिपको टिम मेलवर्न स्टार्सले पहिले ब्याटिङ गर्दै सिड्नी सिक्सर्सलाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष पछ्याउने क्रममा सिड्नीले १३.४ ओभर मै आफ्नो सबै विकेट गुमाउदै मात्र ७४ रन बनाउन सफल भएको थियो ।

७४ रन मै रोक्ने क्रममा सन्दिप लामिछानेले उत्कृष्ट स्पेलमा ३ दशमलव ४ ओभरमा जम्मा ११ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिएका थिए । सन्दीपले एक रनआउट गरे भने एक क्याच समेत लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मेलवर्नका कप्तान ग्यालेन म्याक्सवेलको आक्रामक पारी खेल्दै सर्वाधिक ८२ रनको अर्धसतकिय पारिको मद्दतले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।

म्याक्सवेलले ४३ बलमा अविजित ८२ रन बनाउँदै सिड्नीलाई राम्रो लक्ष्य दिन सफल भएका थिए । त्यस्तै मेलवर्नका मार्कोस स्टोइनिसले ३४ रन बनाए भने ह्यान्ड्सकबले ३५ रन बनाएका थिए ।

सिड्नीका टिम कुरानले २ विकेट प्राप्त गरेका थिए । बिग बास लिगको सेमिफाइनल अब मेलवर्नले होबर्ट हुरिक्यानसँग फेब्रुअरी १४ मा प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनल सिडनी सिक्सर्स र मेलवर्न रेनेगेडजबीच प्रतिस्पर्धा हुने छ । बिगबासमा सन्दिपको निक्कै उत्कृष्ट पर्फमेन्सले गर्दा मेलवर्नले सिड्नीमाथि सानदार जित हासिल गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement