मापदण्डबिपरित निर्माण गरिंदा उपत्यकाका सात सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने खतरामा


काठमाडौँ, २७ माघ । उपत्यकाका विश्वसम्पदा सूचीमा सूचीकृत ७ वटा सम्पदाहरू सूचीबाटै हट्ने खतरा बढेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षेतीग्रस्त भएको सम्पदाहरुको पुनर्निर्माणमा आवश्यक मापदण्डलाई ख्याल नगरी जथाभावी निर्माण गरिँदा ती महत्वपूर्ण सम्पदाहरू विश्वसम्पदा सूचीबाटै हट्ने खतरा बढेको हो ।

पुनर्निर्माणमा सरकारी निकायको लापार्बाही र चरम बेवास्ताले गर्दा ती सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने खतरा बढेको हो ।

यसरी, उच्च जोखिममा परेका सम्पदामा काठमाडौं दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ र चाँगुनारायण रहेका छन् ।

युनेस्कोले काठमाडौं उपत्यकालाई एक क्षेत्र मानेर यी सम्पदालाई विश्वसम्पदा सूचीमा सूचीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement