आजको विनिमय दर कति छ ? थाहा पाउनुहोस् (मुल्यसुची सहित)


काठमाडौं, २७ माघ । आज आइतबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य घटेको छ ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ७९ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ३९ पैसा रहेको छ । यसअघि डलरको भाउ ११४ रुपैयाँ २० पैसा रहेको थियो ।

त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३७४ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रिदर ३७६ रुपैयाँ ६५ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३०३ रुपैयाँ ४२ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८० रुपैयाँ तथा बिक्रीदर ८१ रुपैयाँ ५ पैसा रहेको छ ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तालिकामा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement