काठमाडौंमा नक्कली नोटको बिगबिगी : डेढलाख भन्दाबढी नक्कली नोटसहित एक जना पक्राउ !


काठमाडौं, २७ माघ । प्रहरीले काठमाडौँको गोंगबुबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरिय प्रहरी बृत्त गोगंवुले शनिबार राति गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरि बस्ने पोमबहादुर कुँवरलाई पक्राउ गरेको हो । अर्का हिक्मत मियाँ भने फरार रहेका छन् ।

उनीहरुको कोठाबाट १ लाख ५२ हजार नेपाली नक्कली नोट बरामद गरिएको छ ।

प्रहरीका अनुसार कुँवरलाई नियन्त्रणमा राखिएको छ भने फरार रहेका मियाँको खोजी कार्य भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement