‘शैक्षिक क्षेत्रमा लगानी बढाउन आवश्यक’


उर्लाबारी, २६ माघ । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले शैक्षिक क्षेत्रमा लिएको लक्ष्य पूरा गर्न लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

मोरङको उर्लाबारी नगरपालिका–६ स्थित राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा उहाँले सामुदायिक विद्यालयमा गुणस्तरीय र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो । उपसभामुख डा तुम्बाहाम्फेले राष्ट्रले शैक्षिक क्षेत्रमा लिएको लक्ष्य पूरा गर्न शिक्षामा लगानी बढाउन आवश्यक छ भन्नुभयो ।

उहाँले शिक्षा क्षेत्रको सुधारका लागि अभिभावक, विद्यार्थी र विद्यालयको त्रिपक्षीय भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । सामुदायिक विद्यालयमा सरकारको लगानी भए पनि सोअनुसारका लक्ष्य प्राप्त हुन नसकिरहेको बताउँँदै उपसभामुख डा तुम्बाहाम्फेले अब प्रदेश र स्थानीय सरकारले पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस
Advertisement