कार्यक्रममा प्रमुख अतिथिको भाषण गर्दा गर्दै वडा अध्यक्षको निधन


काठमाडौँ, २६ माघ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको असामयिक निधन भएको छ । गाउको एक कार्यक्रममा सम्बोधन गर्दै गर्दा बेहोस भएर ढलेका नेम्बाङको उपचारको क्रममा काठमाडौँ ल्याउने तयारी हुदै गर्दा निधन भएको हो ।

७७  वर्षीय गाउँपालिका अध्यक्ष नेम्बाङ शनिबार दिउसो गाउँपालिकाको ५ नम्बर वडाद्वारा आयोजित कायक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा एक्कासी बेहोस भएर ढलेका थिए । घटना दिउसो करिब २ बजे तिर भएको स्थानीयले जानकारी दिएका छन ।

उनि बेहोस भए लगत्तै इलाम अस्पताल लागिएको तर त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ रिफर गरिएको थियो । मृत्युको वास्तविक कारणको पुष्टि नभए पनि पारिवारिक स्रोतका अनुसार उनि उच्च रक्तचापका बिरामी रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement