नर्वेले समुद्रमा बनाउँदैछ यस्तो सुबिधासम्पन्न रेस्टुरेण्ट !


नर्वे, २६ माघ । सुर्योदयको देश भनेर चिनिने नर्वेमा एउटा अर्को परिचय थपिने भएको छ ।

विश्वमा नयाँ नयाँ आविष्कारको होडबाजी चलिरहेको बेला दक्षिणी नर्वेमा पानीभित्र रेस्टुरेण्टको निर्माण भइरहेको छ, जसले नर्वेको परिचयलाई विश्वभर थप मजबुद बनाउने छ ।

सन् २०१९ को अन्त्य सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो रेस्टुरेण्टमा समुद्री खानेकुराका परिकारलार्इ जोड दिइने बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नर्वेली इञ्जिनियरको स्नोहेट्टा नामक निर्माण कम्पनीले निर्माण गरिरहेको उक्त रेस्टुरेन्ट समुद्री सतह भन्दा पाँच मिटरसम्म गहिरो हुनेछ ।

बाक्लो पर्खाल लगाई निर्माण गरिएको ‘अन्डर’ नामक यो रेस्टुरेण्टमा एकपटकमा १०० जनाले खानपिन गर्न सक्नेछन । समुद्री गतिबिधी र जलचरहरुको दृश्यलार्इ ३६ फिटको सीसाबाट नजिकै नियाल्न मिल्ने हुँदा पर्यटकको आकर्षण बन्ने बिश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement