प्रहरीको दैनिकीलाई मर्मस्पर्शी शब्दमा यसरी उतारे प्रहरी निरिक्षक पाण्डे


काठमाडौं, २६ माघ । नेपाल प्रहरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले नयाँ गीत सार्बजनिक गरेका छन् ।

पाण्डेले प्रहरीका दैनिक जीवनसँग जोडिएका शब्दलाई संगितमा भरेर ‘आधी र हुरी प्रचण्ड गर्मी’ बोलको गीत सार्बजनिक गरेका हुन् ।

राष्ट्र र जनताको सेवामा खटिएको प्रहरी संगठनलाई गीत मार्फत चिनाउन समेत आफूले शब्दलाई संगीतमा उनेको उनले बताए ।

अत्यन्तै व्यस्त जीवन र संवेदनशील प्रहरी जागिरबाट समय निकालेर गित संगितको क्षेत्रमा समेत उनले आफूलाई उभ्याउँदै आएका छन ।

हाल महानगरीय प्रहरी बृत्त अनामनगरमा कार्यरत नेपाल प्रहरीका प्रहरी निरिक्षक पाण्डेले ल्याएको ‘आधी र हुरी प्रचण्ड गर्मी भन्दैन क्यै गरी, कर्तब्यप्रति निर्भिक र अटल नेपाल प्रहरी….’’ बोलको गीत शान्ति सुरक्षामा अहोरात्र खटिने कर्मठ प्रहरीको उत्कृष्ठ गीतका रुपमा स्थापित हुने दाबी गरे ।

पाण्डेको सो गीतमा नेपाल आइडलबाट चर्चा कमाउन सफल चर्चित गायक प्रताप दासले आवाज दिएका छन भने दाससँगै हवन लामाको स्वर छ । यस्तै संगित दिपक शर्माले भरेका छन भने एरेञ्ज प्रमोद परियारले गरेका छन ।

अडियो मार्फत बजारमा आएको गीतलाई समयानुकुल भिडियो समेत बजारमा ल्याउने गीतकार पाण्डेले बताए । यसअघि पनि पाण्डेले दर्जन बढी गीत लेखिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement