यी ३ राशीका व्यक्ति कर्कट राशीका व्यक्तिसँग टाढै बस्नु उत्तम !


काठमाडौं, २६ माघ । पछिल्लो समय मागी विवाह भन्दा प्रेम विवाह बढी हुन थालेका छन् । लामो समयको प्रेम त्यसपछि विवाह, यो सम्झंदा लाग्छ त्यो वैवाहिक जीवन खुशी हुनु पर्ने हो तर त्यस्तो भएको हुँदैन । विवाह अघि एक अर्काको हरेक कुरा राम्रो लाग्ने गरेको जोडीको विवाहपछि त्यहि कुरा नराम्रो लाग्न थाल्छ । अन्ततः उनीहरुको सम्बन्धमा पूर्णबिराम लाग्ने गर्छ । आखिर किन यस्तो हुन्छ त ? यसबारेमा ज्योतिषशास्त्रिहरुको छुट्टै भनाइ रहेको छ ।

यदि तपाइँ कसैको प्रेममा पर्नुभएको छ र त्यो प्रेमलाई जीवन्त बनाउन चाहानुहुन्छ भने ज्योतिषशास्त्रले भनेको कुरामा पनि बिश्वास गर्नु पर्ने हुन्छ । ज्योतिषशास्त्रले यी तिन राशीका व्यक्तिहरुको सम्बन्ध कर्कट राशीसँग लामो समय नटिक्ने वा राम्रो नहुने बताएको छ । आउनुहोस ती तिन रशिहरु कुन –कुन हुन् जानिराखौं ।

मेष राशी :

मेष र कर्कट राशीका व्यक्तिहरुको स्वभाव एक अर्कामा फरक पर्ने गर्छ। मेष राशिको स्वामी मंगल हुने गर्दछ जसको कारण मेष राशि हुनेहरु ऊर्जाले भरिएका हुन्छन् भने कर्कट राशि हुनेहरु भावुक र संवेदनशिल प्रकृतिका हुने गर्छन् । यसका कारण यी राशी एक अर्काबाट टाढानै रहने गर्छन।

कुम्भ राशी :

कुम्भ राशी र कर्कट राशीका व्यक्तिहरु केही समयको लागि मिल्न सक्ने भएपनि छोटो समयमानै फाटो आउने गर्छ। त्यसैले प्रेम वा बिहे गर्दा राशीको ठूलो महत्व रहने गर्छ। यी दुई राशिका व्यक्तिहरु मिलेर गरेका केही कार्य मुस्किलले सम्पन्न भएपनि धेरैजसो अधूरोनै रहने गर्छ।

मिथुन राशी :

यी दुई राशीका व्यक्तिहरुको मिलनले उनीहरुका लागि मात्र नभई वरिपरिका मानिसहरुका लागि पनि समस्या बन्ने गर्दछ । मिथुन राशी भएकाहरु उग्र र हँसिमजाक गर्नुपर्ने किसिमका हुन्छन् तर कर्कट राशि हुने व्यक्ति आफ्नो स्वभावमा भावुक हुने गर्दछन् । यी कारणहरुले यिनीहरु बिचको सम्बन्ध लामो समयसम्म टिक्न सक्दैन।

प्रतिक्रिया दिनुहोस
Advertisement