हनुमन्ते खोलामा बालिकाको शव फेला !


काठमाडौँ , २६ माघ । शुक्रबार मात्र भक्तपुरमा महिलाको शव फेला परे लगत्तै फेरी एक बालिकाको शव भेटिएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकास्थित राधेराधे मन्दिर नजिकैको हनुमन्ते खोलामा एक बालिकाको शव फेला परेको हो ।

हनुमन्ते खोलाको पुलमुनी अन्दाजी १० वर्षीय बालिकाको शव फेला परेको भक्तपुर प्रहरी प्रमुख एसपी हिमालय श्रेष्ठले जानकारी दिए । खोलामा मृत फेला परेकी बालिकाको पहिचान खुल्न नसकेको उनले बताए ।

घटनाबारे प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement