बिना छत र बिना पर्खालको यो सुन्दर होटल कुन ठाउँको होला ? (तस्बिरसहित)


एजेन्सी, २६ साउन । संसार प्रकृतिको अनुपम उपहार हो, जहाँ अनेक किसिमका कुराहरु हुन्छन् । सुन्दा बिश्वास गर्नै नसकिने कुराहरु पनि यहाँ घटिरहेका हुन्छन् । तर बुझ्दै जाँदा होइन यो त वास्तविक नै पो रहेछ भन्ने कुरा प्रष्ट हुन्छ । आज हामी तपाइँलाई त्यहिँ बिश्वास गर्न कठिन लाग्ने एक होटेलको बारेमा जानकारी दिन लागिरहेका छौं ।

भनिन्छ स्विट्जरल्याण्ड प्राकृतिक रुपमा पनि विश्वकै एक सुन्दर शहर हो । त्यहाँ घुम्न जाने प्राय सबैको चाहाना हुन्छ । त्यहिं सुन्दर शहरमा एक अचम्मको होटेल रहेको छ । स्विट्जरल्याण्डको अप्पेञ्जेलरल्याण्ड स्थित तेउफेन नगरमा रहेको नल स्टर्न नामको होटलको नत छत नै छ न पर्खाल । कस्तो होला त यस्तो होटल भन्ने लाग्ला अचम्म मान्नु पर्दैन् खुल्ला आकाश मुनी रहको हरियाली डाडा पाखाको सुन्दर पर्खाल रहेको छ ।

सिर्फ एउटा खाट र केही टेबलहरुको रहेको उक्त होटलको अन्य केहि पनि छैन् । तर तपाईको सेवाको लागि तल्लीन रहीरहने कर्मचारी भने सधै रहीरहने छन् । तपाइलाई निकै आनन्द दिने भरपुर विशेषता बोकेको उक्त होटल जब तपाईले देख्नु हुन्छ तपाईले बस्न मन गर्नु हुनेछ । होटल एकदम शानदार र सुन्दर रहेको छ छतको रुपमा आकाश छ भने पर्खालको रुपमा हरियाली डाँडापाखा देख्न सकिने छ । तपाइँ पनि यो निकै अनौठो र सुन्दर होटेललाई तस्बिरमा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement