शनिबार घट्यो अमेरिकी डलरको मूल्य !


काठमाडौं, २६ माघ । आज शनिबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य घटेको छ ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ७९ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ३९ पैसा रहेको छ । हिजो शुक्रबार डलरको भाउ ११४ रुपैयाँ २० पैसा रहेको थियो ।

त्यसैगरी साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ११ पैसा छ । त्यस्तै यूके पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ २८ पैसा छ ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तालिकामा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement