राजेन्द्र लिङ्देन पनि अब अनसन बस्ने !


काठमाडौं, २६ माघ । राष्ट्रिय प्रजातन्त्रका पार्टीका सांसद राजेन्द्र लिङ्देनले सरकारलाई अनशन बस्ने चेतवनी दिएकमा छन् ।

झापाबाट निर्वाचित सांसद् लिङ्देनले आफु निर्वाचित क्षेत्रमा सरकारले नयाँ बजेट नपठाएको र अगाडिबाटै सञ्चालनमा रहेका बहुवर्षीय योजना पनि रोकेको प्रति आपत्तति जनाउँदै अनशन बस्ने चेतवनी दिएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो क्षेत्रलाई उपेक्षित गरेको बताएका छन् । उनले संसद्मा भने ‘नसच्याए साँच्चिकै अनशन बस्छु, मेरो क्षेत्रका जनतालाई न्याय दिलाउने काममा अरु संघर्षका कार्यक्रम पनि गर्नेछु ।”

सत्तारुढ दलका कार्यकर्ताको सिफारिसका आधारमा योजना छनोट हुने गरेकाले आफ्नो क्षेत्रमा योजना नपरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement