कुवेतको महाबुल्ला स्थित झाडीमा यी १४ जना नेपालीले के गर्दै थिए र प्रहरीले पक्राउ गर्यो ?


कुवेत, २६ माघ । कुवेतमा लंगुर बुर्जा खेल्दै गरेको अबस्थामा १४ जना नेपालीलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

कुवेतको महाबुल्ला स्थित झाडीबाट कुवेत प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका नेपालीहरुलाई डिपोट विभागमा पठाइएको कुवेतको एम्यानम्याट न्युज (Aymanmat) ले जनाएको छ ।

ठुलो मात्रामा कुवेती रकम सहित पक्राउ परेका नेपालीहरुको परिचय भने खुलाइएको छैन ।

विगत लामो समय देखि महाबुल्ला बल्क २ मा गैरकानूनी रुपमा नेपालीहरुले लंगुर बुर्जा खेल्ने र खेलाउने कार्य गर्दै आएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement