जनशक्तिको अभावमा चार महिनादेखि अस्पताल बन्द, बिरामी मर्कामा


तनहुँ, २६ माघ । तनहुँको एक अस्पतालमा जनशक्तिको अभावमा एक अस्पताल चार महिनादेखि बन्द रहेको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित फूलबारी सामुदायिक अस्पताल जनशक्ति अभावमा विगत चार महिनादेखि बन्द रहेको हो ।

यसरी अस्पताल बन्द हुँदा बिरामी मर्कामा परेका छन् । फूलबारी सामुदायिक अस्पताल वडा नम्बर १० मा रहेको ढोरफिर्दी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि अस्पताल बन्द भएको एक स्थानीयले बताए ।

त्यसपछि ढोरफिर्दी स्वास्थ्य चौकीसँगको छलफल अनुसार सहमतिमा अस्पतालको नाम ढोर फूलबारी शहीद अस्पताल राख्ने निर्णय भएको थियो । १५ शैय्याको अस्पतालमा २४ जना दरबन्दी आवश्यक परेको बताइएको छ ।

वडा नम्बर १० अध्यक्ष तथा ढोरफिर्दी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भण्डारीका अनुसार एमबिबिएस डाक्टर, स्टाफ नर्स र प्राविधिक गरी आवश्यक जनशक्ति संघीय सरकारले नपठाउँदा अस्पताल सञ्चालन गर्नमा समस्या भएको हो । जसका कारण ३ वडाका सेवाग्राही मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement