५ कक्षामा पढ्ने विद्यार्थीबीच झगडा हुँदा एक जनाको मृत्यु (भिडियोसहित)


पोखरा, २६ माघ । पोखराको एक स्कुलमा कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुबीच एक आपसमा झगडा हुँदा एक जनाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका वडा नं. १३ स्थित भद्रकाली स्कुलमा पढ्ने १५ वर्षका २ विद्यार्थी होमबहादुर विक र आशिष गुरुङबीच शौचालयमा झगडा हुँदा एक जनाको ज्यान गएको हो ।

साथीकै पिटाईबाट घाईते भएका विकको शुक्रबार मनिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा ज्यान गएको बताएइको छ । सोहि दिनदेखि बेहोस् उनको आइसियूमा उपचार भईरहेको थियो ।

यो भिडियो सामाग्री तयार हुने बेलासम्म बिकको उपचार भईरहेको थियो । तर अहिले उनको ज्यान गईसकेको छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
Advertisement