हिमपातले कर्णालीमा पानीको बहाव घट्यो


हुम्ला, २५ माघ । लगातार हिमपात भएपछि जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिकाको तुम्कोटस्थित कर्णाली नदीमा पानीको बहाव घटेको छ ।

नाम्खा गाउँपालिका– ६ लिमीबाट कर्णालीमा पानीको बहाव घटेको प्रहरी नायब उपरीक्षक रबिनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “के कति कारणले पानीको बहाव घटेको हो, कुनै जानकारी छैन”, उहाँले भन्नुभयो । उहाँले यसबारे मुचु–६ तुम्कोटस्थित प्रहरी चौकीमा कार्यरत प्रहरीसँग जानकारी लिने काम भइरहेको बताउनुभयो । “बाक्लो हिमपातका कारण पानीको बहाव घटेको हुनसक्छ”, श्रेष्ठले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement