कस्तो अचम्मको सोंच : आफ्नो स्वार्थका लागि कसैलाई नसोधी आफुलाई जन्माएको भन्दै आमाबाबुविरूद्ध मुद्दा हाल्ने तयारीमा छन् यी युवक !


काठमाडौं, २५ माघ । संसारमा अजिव -अजिवका मानिस भेटिन्छन् । त्यस्तैमध्ये छिमेकी देश भारतमा एक साँच्चै अजिवका मानिस भेटिएका छन् । जसको कुरा सुन्दा मात्रै पनि अचाक्ली हैरान भइन्छ । उनलाई पागल भनौ या त सज्जन खुट्ट्याउनै मुस्किल परेको छ ।

भारतको एक २७ वर्षीय युवाले आफूलाई किन जन्माएको भन्दै आफ्ना आमा बुबा विरुद्ध मुद्दा दायर गर्ने तयारी थालेका छन् । मुम्बईका व्यवसायी राफेल सामुयलले जीवनभरका लागि विभिन्न दुःख कष्ट झेल्नुपर्ने भएकाले बच्चा जन्माउनु गलत भएको बताउँदै आफ्नै बाबुआमाबिरुद्ध मुद्दा दाएर गर्न लागेका हुन् ।

उनले कुनै पनि ‘व्यक्ति जन्मिनुअघि उसको सहमति लिन नसकिने स्वीकार गर्छन् । तर उनी अनुमतिबिना आफूलाई जन्माएको भन्दै आमाबुबासँग रुष्ट छन् आखिर किन ?

‘हामीले आफूलाई जन्माउनका लागि कसैसँग आग्रह नगरेकाले बाँकी जीवन बाँच्नका लागि क्षतिपूर्ति स्वरुप केही रकम दिनैपर्छ,’ उनले भने । सामुयलले आफ्ना आमाबुवालाई निकै माया गर्ने तर उनीहरू ले आफ्नो स्वार्थको लागि आफूलाई जन्म दिएको उनको दाबी छ । उनले भने, ‘मेरा आफ्ना आमाबुवासँग निकै राम्रो सम्बन्ध छ ।

म उनीहरूलाई निकै माया गर्छु । तर उनीहरूले आफ्नो स्वार्थका लागि मलाई जन्माए ।’ उनका आमाबुबा दुवै वकिल हुन् । उनले आफू व्यवसायमा संलग्न भएको र जीवनयापन सहजरुपमा चलिरहेको बताए । आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement