सोनाम ल्होछारको लागि मलेसिया पुगेका कलाकारको गाडी दुर्घटना हुदा कलाकार घाइते (फोटो सहित)


मलेसिया । सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट मलेसिया जानु भएको कलाकारहरुको गाडी ब्रेक फेल भएर दुर्घटना भएको छ ।


काभ्रे सेवा समाज मलेसिया र तामाङ समाज मलेसिया पदाधिकारीहरुको साथमा नेपालबाट आउनु भएका कलाकारहरु प्रयास दोङ, सुष्मा मोक्तान, सुजना रुम्बा मलेसियाको पर्यटकीय स्थल जेन्तिङ हाइल्याण्ड घुम्न जाने क्रममा गाडी दुर्घटना भएको हो ।


क्षेत्रीय कमिटी पेनाङ मलेसिया अध्यक्ष माया वाइबा तामाङको हातमा चोट पुगेको छ भने अन्य कलाकारहरु सामान्य घाइते भएको विजय दोङले फेसबुक मार्फत जानकारी दिएका छन ।

दूर्घटनास्थलको तस्बिरहरु हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
Advertisement