पर्सिबाट अनिश्चितकाल शैक्षिक संस्था बन्द गर्ने नेविसंघको चेतावनी !


काठमाडाैं, २५ माघ । विप्लव नेतृत्व नेकपानिकट बिद्यार्थी संगठनले हिजो मात्रै देशब्यापी रुपमा बन्द गरेको शैक्षिक संस्था फेरी अनिश्चितकालिन रुपमा बन्द हुने संकेत देखिएको छ ।

नेपाली कांग्रेसको भात्रृ संस्था नेपाल विद्यार्थी संगठन (नेविसंघ)ले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाई नगरे माघ २६ गतेबाट शैक्षिक संस्था बन्द गर्ने चेतावनी दिएसँगै यस्तो संकेत देखिएको हो ।

गत माघ २२ गते एक विज्ञप्ति जारी गर्दै नेविसंघले आफ्ना कार्यकर्तामाथि लागिएको आगजनी मुद्धा फिर्ता गरि रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिइसकेको छ ।

शनिबार सडकमा भेटिएका सरकारी गाडीमाथि आगजनी गर्ने क्रममा नेविसंघले पोखरा महानगरपालिका शिक्षा विभागको बा १ झ ५८७९ नम्बरको सरकारी गाडी जलाएको थियो । सोहि घटनामा संलग्न भएकाहरुलाई पक्राउ गरि मुद्धा चलाएपछि नेविसंघले आन्दोलनको घोषणा गरेको हो ।

मंगलबार नेविसंघका तीन केन्द्रिय सदस्यले संयुक्त विज्ञप्तीबाट आन्दोलनको कार्यक्रम घोषणा गर्दै भोलिसम्म आफ्ना पक्राउ परेका कार्यकर्ता ससम्मान रिहाई नभए पर्सिबाट कास्की जिल्लाभरि रहेका शैक्षिक संस्था बन्द गर्न बाध्य हुने बताएका छन् ।

गत शनिबार नेविसंघले केन्द्रिय समितिको आदेश भन्दै देशका विभिन्न स्थानमा सरकारी गाडीमाथि आगजनी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement