सुन किन्ने सोंचमा हुनुहुन्छ भने थाहा पाउनुहोस् आजको बजार भाउ !


काठमाडाैं, २५ माघ । पछिल्लो साता नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ ।

नेपाल सुनचाँदी ब्यबसाय माहासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला ६२ हजार सय रुपैयाँमा किनबेच भएको छ भने तेजावी सुनको मूल्य प्रति तोला ६१ हजार ८ सय कायम गरिएको छ । यद्यपी बुधबारको तुलनामा आजको मूल्य २ सय रुपैयाँले कम हो ।

यसैगरी चाँदीको मूल्य प्रति तोला ७ सय ७५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । चाँदीको भाउ भने केहि यता स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement