भिमफेदी गाइजको भिलेन निर्मला लामा ! (भिडियो सहित)


काठमाडौं, २५ माघ । भिमफेदी गाइज अभिनित ‘नहेर त्यसरी मैच्याङ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मनाङको माइनस १३ डिग्री चिसोमा छायांकन गरिएको गीतमा पुर्वजन्म र पुनर्जन्मको प्रेमलाई देखाइएको छ ।

लामो समय देखि नेपाली गीतसंगीतमा लागि परेका गायक, संगितकार तथा गीतकार इश्वर मगियाको को गीतमा भिमफेदी गाइजको कोरियोग्राफी तथा निर्मल लामाको निर्देशन रहेको छ । गायक मगिया एक संगीत शिक्षक पनि हुन् ।

मायामा असफल पात्रले आफ्नो माया प्राप्तिको लागि गर्ने गलत कार्यले निम्त्याएको दुर्घट्नालाई देखाइएको छ ।

गीतको भिडियोमा भिमफेदी गाइजका निर्मला लामा भिलेनको रुपमा प्रस्तुत भएकी छन् । उनले आफूहरुले यस गीतको लागि कडा मेहनतका साथ काम गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement