मोटरसाईकल सिक्ने क्रममा भिरबाट खसेर धनकुटामा एक जनाको मृत्यु !


काठमाडौँ , २५ माघ । मोटरसाईकल सिक्ने क्रममा भीरबाट खसेर धनकुटामा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको चौविसे गाउँपालिका-८ का २४ वर्षीय मिलन कार्की रहेका छन् ।

घरनजिकै रहेको एक शाखासडकमा मिलनले सिक्दै गरेको को१५प ३७६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट १२ मिटर तल खस्दा उनि घाइते भएका थिए ।

मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement