के तपाई जिन्स लुगालाई धुनुहुन्छ ? आजैबाट बन्द गर्नुहोस, विश्व चर्चित लेभीज जिन्सका मालिकको खुलासा


काठमाडौं। क्याजुअल ड्रेसमा सबै भन्दा बढी प्रयोग गरिने कपडा हो जिन्स । यो कपडा आकर्षक मात्र हैन निक्कै टिकाउ हुने हुनाले पनि धेरैको रोजाईमा पर्ने गर्दछ । यो जिन्सलाई हामी जो कोहिले महिला भएपछी धुने गर्दछौ । तर यो गलत भएको कुरा बाहिर आएको छ ।

यो कुरा विश्वकै चर्चीत जीन्स निर्माता कम्पनी लेभीजका सीईओ चिप बर्गले भनेका छन्। उनका अनुसार जीन्सलाई धुनु हुदैँन। धुनुको सट्टा ब्रसको सहायताले सफाई गर्नु पर्ने बताएका हुन् । जिन्सलाई धुनै पर्ने भए पनि छिटोमा ६ महिना पछी मात्र धुनु पर्ने हुन्छ ।

यदि जिन्समा रहेका किटाणु हटाउन परे एक रात फ्रिजमा राखेर अर्को दिन घाममा सुकाए हुने पनि उनले बताएका छन ।

पानीले धुदा जिन्स निर्माण गर्दा प्रयोग गरिएको पदार्थहरुमा असर पर्ने र फाट्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement