फोन चार्जमा राखेर इयरफोनमा गीत सुन्दै सुतिरहेका २४ वर्षीय युवककाे करेन्ट लागेर ओछ्यान मै मृत्यु, साबधान करेन्ट लाग्नुको कारण यस्तो रहेछ


एजेन्सी । हिजो आज मोबाइल फोनसबै भन्दा प्यारो वस्तु बन्दै गएको छ । एक प्रकारले भन्ने हो भने जिन्दगिको सबै भन्दा ठुलो साहारा नै मोबाइल जस्तै बनेको छ । तर मोबाइलले नै कसैको ज्यान लिन्छ भने त्यो जत्तिको दुखद के हुन सक्ला । यस्तै दुखद घटना घटेको छ थाइल्याण्डमा ।

चिन्बुरी प्रान्तको एक गाउमा बस्ने क्रिस्टाडा सुपोल नाम गरेका एक २४ वर्षीय युवक आफ्नो मोबाइल चार्जमा राखेर एयरफोन कानमा लगाई गित सुन्दै ओछ्यानमा ढल्किन्छन । त्यसै क्रममा उनले एक इयरफोन आफ्नो मुखमा हाल्न पुग्छन । तत्काल विद्युत प्रहाह हुन्छ र उनलाई करेन्ट लाग्न पुग्छ । अन्तरास्ट्रिय संचारमाध्यमका अनुसार चोनबुरी प्रान्तमा क्रिस्टाडा भाडाको घरमा बसिरहेका थिए र आइतबार बिहान जब घर मालिक पुगे तब उनले क्रिस्टाडाको मृत शरिर ओछ्यानमा देखे ।

त्यो देखे पछी घरबेटीले पुलिसलाई खबर गर्छन । पुलिस त्यहाँ पुग्दा एउटा इयरफोन युवकको कानमा थियो भने अर्को बाहिर । स्थानीय मिडियाका अनुसार क्रिस्टाडाले इरफोनको स्पिकर मुखमा राखेका बेला करेन्ट लाग्नाले मृत्यु भएको बताइएको छ ।

ति युवकको कान नजिक जलेको हुनाले करेन्ट लागेरै मृत्यु भएको स्पष्ट हुन्छ। चोनबुरी प्रान्तको पुलिस अनुसार क्रिस्टाडासँग सामसङको मोबाइल फोन थियो तर त्यसको चार्जर भने सामसुङको नभएर लोकल कम्पनीको थियो । पुलिस भन्छन्, ‘क्रिस्टाडाको मृत्युले अरुले पाठ सिक्नुपर्छ । किनभने सस्तो र नक्कली चार्जरको प्रयोग गर्दा र फोन चार्जमा राखेर कुरा गर्दा तपाईंको ज्यान पनि जानसक्छ ।’ यो घटनाले विश्वलाई सजग अवश्य बनाउने छ ।

यो पोस्टलाई सकेसम्म अरु सामु पुराउन तपाई हाम्रो मानवीय कर्तव्य पनि हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement