सन्दीपको टिम मेलबर्न स्टार्स र ब्रिसबेन हिट आज भिड्दै, मेलबर्नले जिते सिधै सेमिफाइनल प्रवेश !


काठमाडौं, २५ माघ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग ब्यास लिग क्रिकेटअन्तर्गतको अर्को खेल आज खेल्दैछ ।

ब्रिसबेन हिटसंग उसकै घरेलु मैदानमा खेल्दै मेलबर्नले जित हात पारेमा एक खेल अगाडि नै सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । तर पराजित भएमा अन्तिम खेलले मेलबर्नको सेमिफाइनल यात्रा टुंगिने छ ।

खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर २५ मिनेटमा सुरु हुनेछ । आजको खेलमा जसरी भएपनि जित हात पार्दै मेलबर्न सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ ।

मेलबर्नले दुई खेल खेल्न बाँकी छ । मेलबर्न लिगको चौथो स्थानमा छ । लिगको छैटौ स्थानमा रहेको ब्रिसबेन हिटलाई भने आजको खेलमा जित हात पारेर मात्रै हुदैन । लगातार मेलबर्न पराजित भएमा मात्रै उसको सेमिफाइनल पुग्ने सम्भावना हुन्छ । त्यसकारण पनि आजको खेलमा मेलबर्नलाई पराजित गर्ने लक्ष्यमा ब्रिसबेन हिट रहेको छ ।

ब्रिसबेन हिटविरुद्धको खेलमा नेपालका युवा खेलाडी सन्दीप लामिछानेले पनि खेल्न पाउने बलियो सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement