लगाएको लुगाले मान्छेको औकात नाप्न सकिदैन ! हार्लीडेभिडसनको शोरुममा पसेका यी व्यक्तिलाई भिखारी ठानेर शोरुमबाट गलहत्याएका थिए र जव उनले लाखौं रुपैयाँ निकाले तव…


एजेन्सी। ब्यापारीले मान्छे नचिन्दा आफै लज्जित हुनु परेको छ । पुर्खाहरुको भनाई छ, ‘लुगाले कसैको औकात नाप्न सक्दैनँ’ । हो रहेछ , यो भनाई साँच्चै नै वास्तविकतामा परिणत गरेका छन एक बृद्दले।

कुरा हो केही समय अघि थाइल्याण्डमा एउटा मोटरसाइकल शोरुमको । जहा यस्तो घटना घटित भएको थियो । एक व्यक्तिको लवाई देखेर शोरुमका मानिसहरुले उनलाई गलहत्याएर बाहिर निकालेका थिए । तर जब उनले आफ्नो पाकेटबाट लाखौं रकम निकाले तब देख्ने मानिसहरु जिल परे ।

यो घटना पछी उनि सोसल साइट्मा निकै चर्चित भइरहेका छन । यद्यपी, उनीबारे धेरै जानकारी उपलब्ध छैन ।

थाइल्याण्डको पत्रिका, सनुकका अनुसार यी व्यक्ति थाइल्याण्डको सिंग बुरी क्षेत्रस्थित ‘Maxsingburibike’ नामक शोरुममा फाटेको लुगा लगाएर पुगेका थिए । सुरुमा उनले शोरुमलाई बाहिर बाटै नियाले र त्यसको केही बेरपछि भित्र गए । शोरुमका मानिसहरुले उनलाई भिकारी सोचे र बाहिर धकेले ।

धकेले पनि उनि तर्सेनन बरु उनले शोरुमका एक कर्मचारीसँग त्यहाँका मालिकबारे सोधे र हार्ले डेविडसन बाइक खरिद गर्ने कुरा गरे । तब त्यहाँ उपस्थित सबैजना खित्का छोडेर हाँस्न थाले । त्यहाँको सेल्यम्यानले उनलाई निकै बेरसम्म वास्तै गरेनन् । वाहियात सम्झे ।

अन्तत जवर्जस्ती आफूलाई त्यहाँका कर्मचारीले निकाल्ने कोसिस गर्नैलाग्दा ती व्यक्तिले चिच्याउँदै शोरुमका मालिकलाई बोलाए र आफ्नो सबै कुरा बताए ।

कुराकानीको १० मिनेट मै मालिकले उनलाई हार्ले डेविडसन देखाए र त्यसको मूल्य ६ लाख भाट (अर्थात् १७ लाख रुपैयाँ) ।

मूल्य भन्दा पनि केहि जस्तो नमानेका उनले बाइक छनोट गरेपछि तुरुन्त ६ लाख भाट (अर्थात् १७ लाख रुपैयाँ) निकालेर बुझाए र बाइकलाई आफ्नो बनाए ।

त्यस पछी त यी व्यक्ति अचानक स्टोरका सेलिब्रिटी बने । मानिसहरुले उनलाई उनको नयाँ बाइकसँग तस्बिर खिचेर फेसबुकमा हाल्न थाले ।

थाइल्याण्डको पत्रिका सनुकले दाबी गरे अनुसार उक्त व्यक्तिका बहिनीले फेसबुकमा कमेन्ट लेख्दै उनीबारे जानकारी दिएकी छिन् । बहिनीलाई उद्धृत गर्दै सनुक बताउँछ, ‘उनी वास्तवमा धनी व्यक्ति होइनन् । उनी जति साधारण रुपमा शोरुममा प्रस्तुत भएका थिए, वास्तवमा उनको पहिचान त्यही नै हो । उनी एक मेहनती व्यक्ति हुन् जसले केही समयअघि मेकानिकको जागिरबाट अवकास पाए । उनको एउटै सपना थियो हार्ले डेविडसन किन्ने । वर्षौंसम्म जम्मा गरेको पैसाले उनले आफ्नो सपना किनेका हुन् ।’

तपाइँलाई विस्वास नलाग्ला ! केही समयपश्चात् उनी उक्त स्टोरमा बाइकलाई कस्टमाइजेसन गर्नका लागि पुनः शोरुम गएका छन् । बाइक किन्दा उनले आफ्नो पहिरनमा ध्यान दिएका थिएनन् भने यसपटक उनी शोरुममा बाइकरजस्तो भएर प्रवेश गरेका थिए, एक मुस्कान र मज्जाको चश्मासहित ।

दुनियाले तपाईंलाई जस्तोसुकै देखे पनि आफ्नो सपनालाई साकार तुल्याउन कहिल्यै अबेर हुँदैन भन्ने कुराको उनी ज्वलन्त उदाहरण हुन् ।

यस घटनाबाट हरेकले पाठ सिक्न जरुरी छ की मानिसको औकात शरीरमा लगाएको लुगाले पहिचान गर्नु हुदैन । नत्र आफै लज्जित हुनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement