पल्सर बाइक लभरहरुलाई खुसीको खबर – बजाजले ल्यायो एबिएस सहितको पल्सर १५० र १८० को नया मोडल


काठमाडौँ, २४ माघ । नेपालमा अत्याधिक रुचाइएको बाइक बजाजको पल्सरको नया मोडल भारतमा सार्बजनिक भएको छ । बजाज अटाले भारतीय बजारमा पल्सर १५० ट्वीन डिस्क र १८० एफ एबिएससहित सार्वजनिक गरेको हो।

खराब सडकको लागि अत्याबस्यक रहेको एबीएस ब्रेकिङ सिस्टम सहितको पल्सर १५० टीडी र १८० एफ केहि समय पछी नेपालमा पनि आउने छ । नेपाली मूल्य अहिले नै तय नभएपनि भारतमा पल्सर १५० टीडीको मूल्य ८७ हजार र पल्सर १८० एफको १८० एफको मूल्य ९२ हजार ५ सय भारतीय रुपैयाँमा तोकिएको छ ।

नया १८० पल्सर एफमा पल्सर २२० को जस्तै प्रोजेक्टर हेडल्याम्प दिएको छ । यसमा १८० सीसी सिगंल सिलिन्डर, आयल कुल्ड, २ भल्भ इन्जिन छ, जसले १७ बिएचपी पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । त्यसै गरि पल्सर १५० मा लगाइएको १४९.५ सीसी सिङ्गल सिलिन्डर इन्जिनले १४ पीएस पावरकासाथै १३.४ एनएम टर्क उत्पादन गर्छ ।

एबिएस लगायतका फिचरहरु थपिएपछि बाइकको तौल भने केहि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement