यी हुन् कोहि रहरले त कोहि बाध्यताले अरु महिलाको कोख भाडामा लिएर बच्चा जन्माउने बलिउड सेलिब्रेटीहरु ! जान्नुहोस


एजेन्सी, २४ माघ । विश्वभरी अरुको कोख भाडामा लिएर सन्तानसुख प्राप्त गर्ने थुप्रै व्यक्ति छन् जसमा बलिउड सेलिब्रेटीको संख्या पनि उल्लेख्य मात्रामा छन् । कोही बिहे नगरी अभिभावक बनेका छन् भने कतिपय जोडीले यस विधिबाट सन्तान प्राप्त गरेका छन् । आज हामी तपाइँलाई तिनै बलिउड कलाकारको बारेमा जानकारी दिनेछौं, जो सोरोगेट आमाबाबु बनेका छन् ।

सनी लियोनी

अभिनेत्री सन्नी लियोनी छोरी निशा कौरलाई धर्मपुत्री बनाएको आठ महिनापछि सरोगेसीबाट जुम्ल्याहा सन्तानकी आमा बनेकी थिइन् । यस विधिबाट उनका दुई छोरा जन्मिएका छन् ।

शाहरुख खान

अभिनेता शाहरुख खानका तीन सन्तान छन्, दुई छोरा र एक छोरी । उनको कान्छो छोरा अबराम सोरोगेसीबाट जन्मिइको हो । उनी जन्मिदा शाहरुखकी श्रीमती गौरी खान ४० वर्ष नाघिसेकेकी थिइन् । यस उमेरमा गर्भधारण गर्नु जोखिमपूर्ण रहेकाले यस जोडीले सरोगेसीको सहारा लिएको हो ।

आमिर खान

अभिनेता आमिर खान र उनको दोस्री श्रीमती किरण खान रावले इन–भिट्री फर्टिलाइजेसन (आईभीएफ) सेरोगेसी विधिबाट छोरा आजाद राव खानलाई जन्माएका हुन् । किरणलाई गर्भधारण गर्न समस्या देखिएपछि आफूहरुले यस प्रविधिको सहारा लिएको आमिरले बताएका थिए । आमिरको पहिलो श्रीमती रीना दत्तबाट दुई सन्तान छन् ।

लिजा रे

अभिनेत्री लिजा रे गत वर्ष सरोगेसीबाट दुई छोरीकी आमा बनेकी छिन् । लिजालाई सन् २००९ मा ब्लड क्यान्सर देखिएको थियो । क्यान्सरका कारण गर्भधारण गर्न नसक्ने भएपछि उनी यस प्रविधिको सहारा लिएर आमा बनेकी छिन् ।

तुषार कपुर

अभिनेता तुषार कपुरले बिहे गरेका छैनन् । तर, सन् २०१६ मा उनी एक छोराका बुबा बनेका छन् । सरोगेसीबाट उनको छोरा लक्ष्य जन्मेका हुन् ।

करण जोहर

करण जोहर पनि सोरोगेट बाबु बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement