विश्व बैंकको अध्यक्षमा ट्रंपद्वारा माल्पसा सिफारिस


एजेन्सी, २४ माघ । अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पास विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस भएका छन् ।

विश्व बैंकको कार्यशैलीमाथि टिप्पणी गर्दै आएका माल्पासलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

माल्पासले हाल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषमाथि आक्रमणको नेतृत्व नै गरिरहेका छन् ।

ह्वाइट हाउसमा आयोजित समारोहमा बोल्दै माल्पासले गत वर्ष स्वीकृत सुधारका योजनाको कार्यान्वयन गरिने स्पष्ट पारेका छन् । उनले बैंकको लगानी योग्य रकमलाई १३ अर्ब डलरले वृद्धि गरिने पनि विश्वास दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement