आँफैले छातीमा बन्दुक हानेर आत्महत्या !


रोल्पा, २४ माघ । आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार उनको छातीमा गोलि लागेकोले उनले जानाजानी आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या जनाएको छ ।

घरमा श्रीमती नभएको मौका छोपी बुढाले आत्महत्या गरेको बताइएको छ ।

मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा शव परीक्षणपछि आफन्तलाई बुझाइ सकिएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक लेखनाथ चापार्गाइले जानकारी दिए ।

प्रहरीका अनुसार घटनाको सत्य तथ्य बुझ्न अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement