नवलपुर महोत्सवमा छाता ओढेरै नाचे दर्शकहरु !


कावासोती, २४ माघ । कावासोतीमा जारी पाँचौं नवलपुर महोत्सव प्रतिकुल मौसमको वावजुद पनि खचाखाच दर्शकहरुले भरिएको छ ।

नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा भैरहेको महित्सवलाई मौसमले साथ नदिए पनि दर्शकले भने राम्रो साथ दिएका हुन् ।

चर्चित गायक रामजी खाँडलगायतका कलाकारहरुको प्रस्तुति हेर्न दर्शकहरु महोत्सव स्थलमा पुगेका थिए । महोत्सवको आठौंं दिन आज गायक खाँडसहित गायिका दिक्षा सुनारलगायतको बेजोड प्रस्तुतिमा दर्शकहरुले छाता ओढेरै भएपनि साथ दिएका हुन् ।

आज बिहानैदेखि हल्का बर्षात् भैरहेको अवस्थामा पनि दर्शकहरुको बाक्लै उपस्थिती रहेको थियो । हिजोअस्तिको तुलनामा आज केही कम भएपनि दर्शकहरु छाता ओढेर महोत्सव परिसरमा कलाकारहरुलाई साथ दिदा आफूहरुलाई थप हौसला मिलेको साँस्कृतिक संयोजक गोविन्द क्षेत्रीले बताए ।

भोलि चर्चित गायक कुलेन्द्र बिश्वकर्मा, टीका पुन, पुर्खे बालगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने क्षेत्रीले जानकारी दिए ।

यसैबीच, महोत्सव परिसरमा स्रस्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । नवलपुरका साहित्यकार कवि दिपक सोतिलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र र नगदसहित सम्मान गरिएको अतिथि सत्कार उपसमिति संयोजक पुस्प पाण्डेले जानकारी दिए ।

माघ २७ गतेसम्म संचालन हुने महोत्सवमा दैनिकजसो दर्शकहरुको भिड पनि बढ्दै गइरहेको छ । महोत्सवमा विभिन्न जातजातीका परम्परागत घर, विभिन्न खानाका परिकार, कृषी उपजको प्रदर्शनी, अटो मोबाइलको प्रर्दशनी लगायतका स्टलहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement