अमेरिकामा भेटिइन बलिवुड अभिनेत्री अनुष्का शर्मा जस्तै युवती, उनीहरु छिट्टै भेट्दै (फोटो सहित)

एजेन्सी ।  दुनियामा आफु जस्तो देखिने कम्तिमा पांच जना हुन्छन भन्ने एउटा भनाई छ । त्यस्तै चर्चित बलिउड अभिनेत्री अनुष्का शर्माको हुबहु अनुहार भएकी एक युवती भेटिएकी छिन् ।

अमेरिकी युवती जुलिया माइकल्स अनुष्का जस्तै देखिन्छिन । उनि गायिका पनि हुन् । अनुष्का जस्तै देखिने जुलियाले फोटो सामाजिक संजालमा शेयर गरेपछि अनुष्काले यो कुरा थाहा पाएकी थिइन । त्यो थाहा पाएपछी अनुष्काले पनि उक्त फोटो शेयर गरेकी छिन् । जुन अहिले सामाजिक संजाल फेसबुक तथा ट्वीटर तथा इन्स्टाग्राममा भाइरल भैरहेको छ ।

जूलियाले हालै ट्विटरमा आफ्नो तस्बिर शेयर गर्दै लेखेकी छिन – ‘हाइ अनुष्का शर्मा सायद हामी जुम्ल्याहा हौं ।’जुलियाको ट्वीटमाथि अनुष्काले पनि प्रतिक्रिया दिन पछि परिनन् उनले- ‘त्यही त हे भगवान म पुरै जिन्दगी तपाइं र मेरो अरु बाँकि पाँच जना अनुहार मिल्नेको अनुहार खोजेर बिताउँदै थिएँ ।’

हेर्नुहोस अनुष्का र जुलियाको तस्बिर सहितको ट्वीटर पोस्ट :