बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले हावाबाट अक्सिजन उत्पादन शुरु, अक्सिजनमा हुदै आएको करोडौ रुपैयाको खर्च अब बच्ने


धरान, २४ माघ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले हावाबाट अक्सिजन उत्पादनको सुरुवात गरेको छ । अस्पतालमा अत्यावस्यक रहेको अक्सिजन आफ्नै अस्पतालमा उत्पादन भएपछी वार्षिक हुदै आएको करोडौ रुपैया जोगिने भएको छ ।

उत्पादन गरिएको अक्सिजनलाई अस्पतालको सबै वार्डहरुमा पाइपलाइन मार्फत वितरण गरिएको छ । अस्पताल हात भित्रै संचालन गरिएको अक्सिजन प्लान्ट बिहिबारबाट संचालनमा आएको छ । उक्त प्लान्टबाट प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन गर्न सकिनेछ ।

नयाँ अक्सिजन प्लान्टको उद्घाटन उद्घाटन बिपी प्रतिष्ठानका उपकुलपती डा. राजकुमार रौनियार र निर्देशक गौरीशंकर साहले संयुक्त रुपमा गरेका थिए ।

तस्बिर : अन्नपूर्णपोस्ट
प्रतिक्रिया दिनुहोस
Advertisement